ब्याड्मिन्टन प्रतियोगिताको तयारी पुरा
पाेखरा | साउन १८, २०७९
कास्की । ४४ औं पुष्पलाल स्मृति दिवसको अवसरमा ‘सफल व्यवसायीका लागि स्वास्थ्यताको माध्यम खेलकुद’ भन्ने मुल नारासहित आगामी साउन २० गतेबाट पोखरामा हुने तेस्रो प्रदेश स्तरीय खुला ब्याडमिन्टन प्रतियोगिताको तयारी पुरा भएको छ ।
नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ गण्डकी प्रदेश, कास्की जिल्ला र पोखरा महानगर कमिटीको संयुक्त आयोजना र जिल्ला ब्याडमिन्टन संघको सहकार्यमा आयोजना हुने प्रतियोगिता सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय उद्योग व्यवसाय महासंघ गण्डकी प्रदेशका अध्यक्ष सञ्जीव बहादुर कोइरालाले जानकारी दिए ।
उनका अनुसार पोखरा रंगशालास्थित व्याड्मिन्टन कभर्डहलमा सञ्चालन हुने प्रतियोगितामा गण्डकी प्रदेश स्तरीय खुला मेन्स डबल्स र भेट्रान्सका खेल समावेश गरिएको छ ।
दुवै इभेन्टतर्फ प्रथमलाई नगद ३५ हजार, द्वितीयलाई नगद २५ हजार र तृतीयलाई १० हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने कोइरालाले बताए । उनका अनुसार प्रतियोगिताका खेल साउन २० र २१ गते चल्नेछ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

